१०० एमेच्योर गल्फर च्याम्पियनसिप खेल्दै
रोयल नेपाल गल्फ क्लबको आयोजनामा खुला गल्फ च्याम्पियनसिप–२०१७ आयोजना हुने भएको छ । २४ असारमा हुने एकदिने च्याम्पियनसिपमा १०० भन्दाबढी एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार प्रतियोगितामा पुरुष, महिला, सिनियर, जुनियरलगायतका विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका विजेतालाई ट्रफिका साथै गिफ्ट ह्याम्पर प्रदान गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त प्रतियोगिताका सबैखेल आयोजक क्लब त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कम्पाउण्डमा रहेको मैदानमा हुनेछ ।रासस