बुद्धभूमि नगरपालिकामा नेपाली कांग्रेस र कृष्णनगर नगरपालिकामा स्वतन्त्र
कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा नेपाली कांग्रेस र कृष्णनगर नगरपालिकामा स्वतन्त्र उम्मेदवार मेयर पदमा विजयी भएका छन् ।
बृुद्धभूमिमा नेपाली कांग्रेसका उम्मेदवार केशव श्रेष्ठले १०,०६३ मत प्राप्त गरी मेयरमा निर्वाचित भए भने उपमेयरमा पनि नेपाली कांग्रेसकै मीरा थारु निर्वाचित भएकी छन् ।
यसै गरी कृष्णनगर नगरपालिकामा स्वतन्त्र उम्मेदवार रजत प्रताप शाहले ७,१२३ मत प्राप्त गरी मेयर पदमा निर्वाचित भएका छन् । उक्त नगरपालिकाको उपमेयरमा भने नेकपा माओवादी केन्द्रकी शबनम खातुनले ३,१५५ मत प्राप्त गरी निर्वाचित भइन् ।
गोपाल भण्डारी, कपिलबस्तु