यु–१९ टीम नेपाल विजयी
एसिया क्षेत्रबाट आईसीसी यु–१९ विश्वकप छनोटको तयारीमा रहेको टीम नेपाल अभ्यास खेलमा विजयी भएको छ । भारतको दिल्लीमा २० असारमा नेपालले स्पोर्टस् एकेडेमीलाई १२१ रनको अन्तरले पराजित गरेको हो ।
वर्षाका कारण ४० ओभरमा झारिएको खेलमा नेपालले सात विकेटको क्षतिमा २५० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रेको स्पोर्टस् एकेडेमी १२९ रनमा अलआउट भयो ।
नेपालका लागि प्रनित थापाले सर्वाधिक ८७ रन र दीपेन्द्रसिंह ऐरीले ४३ रन जोडेका थिए । शाह आलमले ३, कप्तान सन्दिप लामिछाने र किशोर महतोले समान २–२ तथा रिजन ढकाल र ललिततारायण राजवंशीले १–१ विकेट लिएका थिए ।