बलात्कारको प्रयास गर्ने दुई पक्राउ
विद्यालयबाट घर फर्कदै गर्दा एक किशोरीलाई बलात्कारको प्रयास गर्ने दुई युवकलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ ।
किशोरीका आफन्तको उजुरीका आधारमा जाजरकोटको दशेरा– ८ बडावनका १८ वर्षीय भरत शाही र सोही ठाँउका चन्द्रबहादुर शाहीलाई ईलाका प्रहरी कार्यालय पाँचकाटियाले पक्राउ गरेको हो ।
ढिमे– १ दमदालास्थित विद्यालयमा अध्ययन गरेर फर्कने क्रममा पाँचकाटियाको जंगलमा भेरीमालिका नगरपालिका– २ तिमिलेकी १३ वर्षीया किशोरीलाई ती युवकले बलात्कारको प्रयास गरेका थिए ।
किशोरी चिच्याएपछि भागेका दुवै जनालाई जवर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता गराएको प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए ।
राजेन्द्र कार्की, जाजरकोट