थप समाचारमंगलवार, आषाढ २०, २०७४

मुग्लिन–नारायणगढ सडक खण्डमा राति गाडी चलाउन नदिन निर्देशन

हिमालखबर

व्यवस्थापिका संसद् अन्तर्गतको विकास समितिले मुग्लिन–नारायणग सडक खण्डमा राति गाडी चलाउन नदिन सम्बद्ध निकायलाई निर्देशन दिएको छ । सडक खण्डको स्थलगत अध्ययनपछि २० असारमा समितिले यस्तो निर्देशन दिएको हो ।

पहिरो गैरहेका र अझ जाने सम्भावना रहेको भन्दै मुग्लिन—नारायणगढबीचको करिब ७ कि.मी. सडक खण्डमा वर्षाको डेढ÷दुई महिना सुरक्षाको दृष्टिले राती गाडी गुड्न दिन नहुने समितिको ठहर छ ।

समितिका सभापति रविन्द्र अधिकारीको नेतृत्वमा भएको स्थलगत अध्ययनपछि जिल्ला प्रशासन कार्यालय र सम्बद्ध आयोजनालाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामीला तथा स्थानीय विकास मन्त्रालय र गृह मन्त्रालय मार्फत समितिले निर्देशन दिएको हो ।

पहिरो जाने जोखिम क्षेत्रमा सडकको साईडमा अवस्थित घर, टहरा, बस्तिलाई स्थायी रुपमै बस्ती स्थानान्तरण गर्न यथाशिघ्र आवश्यक कार्य अगाडि बढाउन पनि समितिले सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ ।

प्रतिकृया दिनुहोस