लमही नगरपालिकाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस
दाङको लमही नगरपालिकाका प्रमुखमा नेकपा एमाले कुलबहादुर केसी ५,१५२ मत ल्याएर निर्वाचित भएका छन् ।
केसीका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगराज चौधरीले ५.०६९ मत प्राप्त गरे ।
त्यसैगरी उप्रमुखमा कांग्रेसकी देवका बेल्वासे ५.०१५ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मीना गुरुङले ४८३३ मत प्राप्त गरेको निर्वाचन कार्यालय दाङले जनाएको छ ।
कुल मतदाता २४ हजार ९३६ रहेको नगरपालिकामा १९ हजार बढी मत खसेको थियो ।
*सच्याइएको