लक्ष्मी बैंकको नयाँ शाखा सल्लीबजार सल्यानमा
लक्ष्मी बैंकले सल्यानको सल्लीबजारमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ ।
नयाँ शाखामार्फत साना व्यवसाय कर्जा र व्यवसायिक कृषि क्षेत्रमा बैंकले आफ्नो ध्यान केन्द्रित गर्ने जनाएको छ ।
सल्लीबजार शाखासँगै लक्ष्मी बैंकका ६९ वटा शाखा पुगेका छन् ।
सल्यानमा लक्ष्मी बैंकको यो दोस्रो शाखा हो । यसअघि बैंकले श्रीनगरमा शाखा सञ्चालनमा ल्याइसकेको छ ।