सशस्त्र प्रहरी हवल्दारको खोलामा डुबेर मृत्यु
सप्तरीको कोबर्साइनमा खोलामा बगेर सशस्त्र प्रहरी बरिष्ठ हवल्दारको मृत्यु भएको छ ।
सप्तरीको कोबर्साइन सशस्त्र प्रहरी पोष्टमा कार्यरत इलामका सशस्त्र प्रहरी वरिष्ठ हवल्दार सुमन आचार्यको गस्तीमा जाँदै गर्दा कोशी नदीबाट
निस्किएको एउटा भंगालो पार गर्ने बेला बगेर मृत्यु भएको सशस्त्र प्रहरी उपरीक्षक रामआधार यादवले बताए ।
उनको शवलाई सप्तरी सदरमुकाम राजविराज ल्याइँदै छ ।
श्रवणकुमार देव, सप्तरी