दार्चुलाको महाकाली नगरपालिकामा कांग्रेस निर्वाचित
दार्चुलाको सदरमुकामसमेत रहेको महाकाली नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका हंशराज भट्ट निर्वाचित भएका छन ।
भट्टले ४,०४३ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्दीे नेकपा एमालेका नरसिंह चैसिरले ३,५८६ मत प्राप्त गरेका छन ।
त्यस्तै उपमेयरमा पनि कांग्रेसकै सुना बोहराले ४,१३२ मतका साथ निर्वाचित भएकी छन । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी दुर्गा धामीले ३,३४४ मत पाएकी छन ।
महाकाली नगरपालिकाका नौ वटा वडामध्ये आठ वडामा कांग्रेस र एउटामा एमाले निर्वाचित भएको छ ।