१ साउनदेखि पोखरामा पनि हर्न निषेध
कास्कीको पोखरा–लेखनाथ महानगरपालिका १ साउनदेखि हर्न निषेधित क्षेत्र हुने भएको छ ।
महानगरपालिकाका मेयर मानबहादुर जिसीले आज आयोजना गरेको पत्रकार सम्मेलनमार्फत महानगरपालिकालाई हर्न निषेधित क्षेत्र बनाउन लागिएको जानकारी गराएका हुन् ।
महानगरलाई ध्वनी प्रदुषणबाट मुक्त गर्न, हेर्न निषेध गर्न लागिएको भन्दै मेयर जिसीले यसमा साथ दिन सबैसँग आग्रहसमेत गरेका छन ।
महानगरलाई सुन्दर बनाउन विद्युत्, टेलिफोन, इन्टरनेट र केबुलका पोल तथा तारलाई पनि व्यवस्थित गरिने उनले बताए ।