डडेलधुराको अमरगढी नगरपालिकामा एमाले निर्वाचित
नेकपा एमालेका विपिन ओझा डडेलधुराको अमरगढी नगरपालिकाको मेयरमा निर्वाचित भएका छन ।
ओझाले ३,७६८ मत प्राप्त गरेका छन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डिल्लीराम जोशीले ३,६४० मत प्राप्त गरे ।
त्यस्तै उपमेयरमा पनि एमालेकै संगिता भण्डारी ३,५१७ मतका साथ निर्वाचित भइन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पार्वतीदेवी झुकालले ३,३०९ मत प्राप्त गरिन् ।
११ हजार ७८३ मतदाता रहेको अमरगढी नगरपालिकामा ८ हजार ७०० मत खसेको थियो ।