गुल्मीको मुसिकोट–३ मा दुई मतको अन्तरले एमाले निर्वाचित
गुल्मीको मुसिकोट नगरपालिकाको वडा नम्बर ३ मा एमालेका उम्मेदवार कर्णध्वज जीसी दुई मतको अन्तरले निर्वाचित भएका छन् ।
वडामा एमाले उम्मेदवार जीसी ६१९ मत प्राप्त गरी निर्वाचित भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झबिलाल भण्डारीले ६१९ मत प्राप्त गरे । यो वडामा जम्मा २०५३ मतदाता रहेकोमा १४१२ मत खसेको थियो ।
शुक्रबार विहान मत परिणाम सार्वजनिक भएपछि आयोजित विजय जुलुशमा सहभागी जीसीले भने, “कडा प्रतिस्पर्धाबाट चुनाव जितें, यसलाई जनताले गरेको खबरदारीका रुपमा लिएको छु ।”
नतिजा सार्वजनिक हुनुअघि नेपाली कांग्रेका प्रतिनिधिले करिब २०० भन्दा बढी मत पाएर जित्ने अनुमान गरेका थिए । यता जीसीलाई २०० मतकै फरक होला भन्ने नलागे पनि ढुक्क हुन सकेका थिएनन् ।
यस अघिका निर्वाचनलाई आधार मान्दा मुसिकोट–२ र ३ नम्बरमा कांग्रेसको गढ हो, जहाँ अहिले एमाले हावी भएको छ ।
३ नम्बरमा एमालेले जित्नुले मुसीकोट नगरपालिकाको प्रमुख र उप–प्रमुखमा एमालेले जित्ने आधार निर्माण भएको जीसी बताउँछन् । शुक्रबार दिउँसोसम्म प्राप्त मत परिणाम अनुसार नगरपालिका प्रमुख र उप–प्रमुखमाको नेकपा एमाले अघि छ ।