दाङको तुल्सीपुरमा एमाले अग्रता कायमै
दाङको तुल्सीपुर उपमहानगरपालिकामा एमालेले अग्रता कायमै राखेको छ ।
पछिल्लो अपडेट अनुसार एमालेका मेयर उम्मेदवार घनश्याम पाण्डे २,३५५ मतका साथ अग्र स्थानमा छन् ।
उनलाई नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले १,८६० मतका साथ पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका उम्मेदवार शेसुराम भण्डारीले ३५९ मत प्राप्त गरेका छन् ।