बडिमालिका नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस निर्वाचित
बाजुराको बडिमालिका नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसका उमेदवार निर्वाचित भएका छन् ।
मेयरमा नेपाली कांगे्रसका पदम बढुवालले २,९४० मत प्राप्त गरी निर्वाचित भएका छन् भने उपमेयरमा निर्वाचित कविता बुढा बिष्टले २,९४५ मत प्राप्त गरिन् ।
मेयरका बढुवालका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका गगन रावलले २,९०२ मत प्राप्त गरे भने उप मेयरमा एमालेकै गीताकुमारी रावलले २,८५२ मत प्राप्त गरिन् ।
९ वटा वडा रहेको नगरपालिकामा ५ वटामा एमाले र ४ वटा वडामा नेपाली कांगे्रसका उम्मेदवार निर्वाचित भएका छन् ।