हालसम्म एमाले ६, कांग्रेस ४ र माओवादी एक स्थानमा निर्वाचित
हालसम्म ११ वटा स्थानीय तहको मतगणना सम्पन्न भइसकेको छ भने ८ वटामा मगतणना शुरु हुन नसकेको र बाँकीमा मतगणना जारी रहेको छ ।
अहिलेसम्म प्राप्त जानकारी अनुसार बझाङको काँडा, बाजुराको छेडेदह, संखुवासभाको चिचिला र सिलिचोङ गाँउपालिका कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।
डडेलधुराको अमरगढी नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, बझाङको मस्टा, बाजुराको पाण्डवगुफा र गौमुल, खोटाङको जन्तेढुङगामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
सोलुखुम्बुको लिखुपिके गाँउपालिकामा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
ताप्लेजुङ, सोलखुम्बु, गुल्मी, दाङ, कैलाली, बझाङको १/१ तह र अछामको २ तह गरी ८ स्थानीय तह बाहेक सबै स्थानीय तहको मतगणना कार्य जारी छ ।
ताप्लेजुङको एक स्थानमा मतपेटिका आउन बाँकी रहेको र अन्य जिल्लामा राजनीतिक सहमति हुने प्रक्रियामा रहेकोले मतगणनामा ढिलाई भएको निर्वाचन आयोगले जनाएको छ ।
२०७४ असार १४ गते मतदान स्थगित भएका रुपन्देही जिल्ला कोटहिमाही गाँउपालिका वडा नं. १ र बझाङको जयपृथ्वी नगरपालिका वडा नं. ३ को पाण्डु मा.वि. मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।
*सच्याइएको