डोटीका ९ मध्ये ६ स्थानीय तहमा कांग्रेसको अग्रता
जारी मतगणनामा डोटीका ९ मध्ये ६ स्थानीय तहमा नेपाली कांग्रेसले अग्रता लिएको छ । त्यस्तै दुई स्थानीय तहमा नेकपा एमाले र एक स्थानीय तहमा माओवादी केन्द्रको अग्रता छ ।
दीपायल–सिलगढी नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार बाजीसिँह खड्काले १,१९३ मतले अग्रता लिइरहेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी मञ्जु मलासीले ७७७ मत प्राप्त गरेकी छन् । उपप्रमुखमा भने एमालेका शिवराज खड्का अग्रस्थानमा छन् । उनले १०४४ मत पाएका छन् भने कांग्रेसकी प्रसिस महरा ९९९ मतका साथ पछ्याइरहेकी छन् ।
शिखर नगरपालिकामा पनि नेपाली कांग्रेसकै सीताराम जोशीले अग्रता लिएका छन् । उनले १,१०६ प्राप्त गरेका छन् भने एमालेका शेरबहादुर मल्लले ९९५ मत ल्याई पछ्याइरहेका छन् ।
केआइसिंह गाउँपालिका, पूर्वीचौकी गाउँपालिकामा, बडिकेदार गाउँपालिका, जोरायल गाउँपालिकामा कांग्रेसले अग्रता लिइरहेको छ ।
त्यस्तै, सायल र आदर्श गाउँपालिकामा एमालेले अग्रता लिएको छ भने बोगटान गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार कमल गडसिलाले अग्रता लिइरहेका छन् ।