कन्फेडेरेसन कपको फाइनलमा जर्मनी र चिली
रसियामा जारी कन्फेडेरेसन कपको उपाधिका लागि विश्व कप विजेता जर्मनी र कोपा अमेरिका कप विजेता चिलीले प्रतिस्पर्धा गर्ने भएका छन् । फाइनल नेपाली समय अनुसार १८ असार राति ११ः४५ मा शुरु हुनेछ ।
जर्मनीले १६ असार विहान सम्पन्न खेलमा मेक्सिकोलाई पराजित गरेर फाइनल यात्रा सुनश्चित गरेको हो । शुरुको ८ मिनेटमै २ गोलले अग्रता लिएको जर्मनीले मेक्सिकोलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
चिलीले यसअघि नै पोर्चुगललाई पेनाल्टी सुटआउटमा ३–० गोलले हराएर फाइनल यात्रा तय गरिसकेकाे छ । तेस्रो स्थानका लागि पोर्चुगल र मेक्सिकोले १८ असार साँझ ५ः४५ बजे खेल्दैछन् ।