बाजुराको पाण्डवगुफामा एमाले निर्वाचित
बाजुराको पाण्डबगुफा गाँउपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा एमालेका उम्मेदवार कालिबहादुर शाहीले १,४५१ मत प्राप्त गरी निर्वाचित भए भने उनका प्रतिद्वन्द्वी नेपाली कांगे्रसका सुन्दर बिष्टले ९८९ मत प्राप्त गरेका छन् ।
त्यस्तै उपप्रमुखमा एमालेकै ऐना गिरी १,४९० मत ल्याई निर्वाचित भएकी छन् । गिरीकी निकटतम प्रतिद्वन्द्वी कांगे्रसको तारा रोकायाले ९८७ मत प्राप्त गरिन् ।
६ वटा वडा रहेको यो गाँउपालिकामा ४ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् पभने एकमा कांगे्रस र एकमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकृत प्रकाशराज पौडेलले वताए ।
प्रकाश सिंह, बाजुरा