मतगणना अपडेटः एमाले ११५, कांग्रेस ११३, र माओवादी ४१ स्थानमा अगाडि
स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचन भएको प्रदेश नम्बर १, ५ र ७ का स्थानीय तहमा मतगणना भइरहेको छ ।
मतगणना भइरहेका स्थानीय तहबाट प्राप्त प्रारम्भिक नजिताअनुसार नेकपा एमालेको अग्रता कायमै छ ।
पछिल्लो अपडेट अनुसार नेकपा एमालले ११५ स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसको ११३ स्थानमा अग्रता छ भने माओवादी केन्द्रले ४१ स्थानमा अग्रता लिएको छ ।
हालसम्म नेकपा एमाले तीन, नेपाली कांग्रेस तीन र माओवादी केन्द्र एक स्थानीय तहमा निर्वाचित भएका छन् ।
१४ असारमा भएको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनमा १५ हजार ३८ पदका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।