बाँकेमा कहाँ कसको अग्रता
नेपालगञ्ज उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ भने कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
नेपालगञ्जमा ४३० मतगणना हुँदासम्म प्रमुख र उपप्रमुखमा एमालेले १३७ र १३८, काँग्रेस १२२ र १२१, राप्रपा ८७ र ८७, माओवादी केन्द्र ५७ र ५७ मत प्राप्त गरेको छ । यो वडा नम्बर १ धम्बोजीको मतपरिणाम हो ।
यस्तै कोहलपुर नगरपालिकामा ३०० मतगणना हुँदा काँग्रेसले १२४ , एमालेले ५६ र माओवादी केन्द्रले ८७ मत प्राप्त गरेको छ । कोहलपुर नगरपालिकाको वडा नं. १ को मतगणना भैरहेको छ ।
खजुरा गाउँपालिका प्रमुखमा काँग्रेस ८६, एमाले २७७ र माओवादी केन्द्र ११८ छ ।
राप्ती सोनारी गाउँपालिका प्रमुखमा कांग्रेसको २३२, एमाले १४१ र माओवादीको २१ मत छ ।
नरैनापुर गाउँपालिका प्रमुखमा संघीय समाजवादी फोरम १०३३, एमाले ३९३, कांग्रेस ३७० र माओवादी १४४ रहेका छन् ।
डुडुवा गाउँपालिका प्रमुखमा कांग्रेस ७०४, संघीय समाजवादी फोरम ६९९ र माओवादी केन्द्र १०१ छ ।
यस्तै, बैजनाथ गाउँपालिकामा ५०० मत गणना हुँदा प्रमुखमा कांग्रेस १७४, एमाले २४६ र माओवादी केन्द ३४ रहेको छ ।
जानकी गाउँपालिकामा २०० गणना हुँदा कांग्रेस २२, नेकपा एमाले २८, माओवादी केन्द्र २५, समाजवादी फोरम ३५ रहेको छ ।
केशव राना, बाँके