बझाङको काँडा गाउँपालिकामा कांग्रेस निर्वाचित
बझाङको काँडा गाउँपालिकाबाट नेपाली कांग्रेसले विजयी शुरुआत गरेको छ ।
काँडा गाउँपालिकाको अध्यक्षमा कांग्रेसका राजेन्द्र बोहरा ३९४ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मानबहादुर बोहराले ३३६ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै कल्पना बोहरा निर्वाचित भएकी छन् ।
उक्त गाउँपालिकामा ८८१ जनाले मतदान गरेका थिए ।