बुटवलमा कांग्रेस–माओवादी गठबन्धनको अग्रता
रुपन्देहीको बुटवल उपमहानगरपालिकामा कांग्रेस–माओवादी गठबन्धनको अग्रता कायम रहेको छ ।
अहिलेसम्म १ हजार ४०० मत गणना हुँदा गठबन्धनका तर्फबाट मेयर उम्मेदवार बनेका नेपाली कांग्रेसका खेलराज पाण्डेय ७११ मतका साथ अग्रस्थानमा छन् ।
दोस्रो स्थानमा रहेका एमालेका शिब सुवेदीले ४६४ मत ल्याएका छन् ।
उपमेयरमा भने एमाले उम्मेदवार गोमा आचार्य ५२८ मतका साथ अगाडि छन । गठबन्धनका तर्फबाट उपमेयर उम्मेदवार बनेका माओवादी केन्द्रका जगत पोखरेलकोे ४९५ मत छ ।