धनगढी अपडेटः कांग्रेस १८४, स्वतन्त्र १६६
कैलालीको धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ ।
नेपाली कांग्रेसका तर्फबाट मेयर उम्मेदवार नृप वडले १८४ मत ल्याएका छन् भने उनलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले १६६ मतका साथ पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेका एमालेका मेयर उम्मेदवार दुर्गादत्त जोशीको ४० र माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले २८ मत पाएका छन ।
त्यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकी उम्मेदवार सुशीला मिश्र २१० मतका साथ अग्रस्थानमा छन् । उनलाई एमालेकी उपमेयर उम्मेदवार रूक्मिणी देवकोटाले ८८ मतका साथ पछ्याइरहेकी छन् ।
माओवादी केन्द्रकी उपमेयर उम्मेदवार शान्ति अधिकारीले ६६ मत प्राप्त गरेकी छन ।