दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षामा सुधार
१४ असारमा सम्पन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता शिक्षामा सुधार देखिएको छ ।
पहिलो चरणको निर्वाचनको तुलनामा दोस्रो चरणमा मतदाता शिक्षामा सुधार देखिएको पर्यवेक्षणमा खटिएको स्कोप नेपालले जनाएको हो ।
मतदाता शिक्षामा सुधार भएपनि आचारसंहिता उल्लंघनका घटना भने बढेको स्कोप नेपालले उल्लेख गरेको छ । सवारी साधन प्रयोगदेखि दलका कार्यकर्ताले मतदानकै क्रममा चुनाव चिन्ह अंकित टिसर्ट, टोपीजस्ता सामग्री प्रयोग गरेर आचारसंहिता उल्लंघन गरेको स्कोपले जनाएको छ ।
स्कोप नेपालले मतदान केन्द्रमा पुग्ने पर्यवेक्षक र सञ्चारकर्मीका लागि सूचना दिन छुट्टै कर्मचारीको व्यवस्था गर्नुपर्ने सुझावसमेत दिएको छ । निर्वाचन अधिकृत स्वयंले सूचना अधिकारीको काम गर्दा कार्यसम्पादनमा असर पर्ने भन्दै स्कोप नेपालले यस्तो सुझाव दिएको हो ।
सामान्य घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको स्कोप नेपालले बताएको छ ।