दाङको दङ्गीशरण गाउँपालिका १ मा एमाले निर्वाचित
दाङको दङ्गीशरण गाउँपालिका वडा नं १ को वडाध्यक्षसहित पूरै पदमा एमाले निर्वाचित भएको छ ।
एमालेका तर्फबाट वडाध्यक्षका उम्मेदवार श्रीप्रसाद चौधरी ३८२ मतका निर्वाचित भएका छन् । त्यसैगरी महिला सदस्यमा नन्दा बस्नेत, दलित महिला सदस्यमा अमृता विक तथा सदस्यमा जानकी चौधरी र उमेश चौधरी निर्वाचित भएका छन । रासस