सिभिल बैंकले हामा मर्चेन्ट खरिद गर्ने
सिभिल बैंकले हामा मर्चेन्ट एण्ड फाइनान्स लिमिटेड खरिद गर्ने भएको छ । खरिद समझदारी पत्रमा बैंकका अध्यक्ष इच्छाराज तामाङ्ग र हामा मर्चेन्टका अध्यक्ष राजनकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका हुन । चुक्ता पुँजी रु. २२ करोड रहेको हामा मर्चेन्ट खरिदपछि बैंकको चुक्ता पुँजी रु. ५ अर्ब ५४ करोड पुग्नेछ ।
यसअघि सिभिल बैंकले रु. २ अर्ब चुक्ता पुँजी रहेको इन्टरनेसनल लिजिङ एन्ड फाइनान्स कम्पनीलाई गाभ्ने र रु. २३ करोड चुक्ता पुँजी रहेको युनिक फाईनान्ससँग खरिद सम्झौता गरिसकेको छ ।
२०७४ असाढ मसान्तसम्म बैंकको चुक्ता पुँजी ८ अर्ब पुर्याउन बैंकले बोनस शेयर र हकप्रद शेयर जारी गर्ने, अन्य बैंक तथा वित्तीयसँग गाभ्ने र गाभिने प्रक्रियालाई अगाडि बढाइने बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले बताए ।