मतगणना अपडेटः एमाले ५०, कांग्रेस ४९, र माओवादी २१ स्थानमा अगाडि
स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचन भएको प्रदेश नम्बर १, ५ र ७ का अधिकांश स्थानीय तहमा मतगणना भइरहेको छ ।
मतगणना भइरहेका स्थानीय तहबाट प्राप्त प्रारम्भिक नजिताअनुसार नेकपा एमाले अग्र स्थानमा रहेको छ ।
पछिल्लो अपडेट अनुसार नेकपा एमालले ५० स्थानमा अग्रता लिएको छ । नेपाली कांग्रेसको ४९ स्थानमा अग्रता छ भने माओवादी केन्द्रले २१ स्थानमा अग्रता लिएको छ ।
१४ असारमा भएको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनमा १५ हजार ३८ पदका लागि ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।