सिद्धार्थनगर नगरपालिकामा कांग्रेसको अग्रता
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट मेयर पदका उम्मेदवार मातृकाप्रसाद यादव २९० मतका साथ शिर्ष स्थानमा छन् । उनलाई नेकपा एमालेका मेयर उम्मेदवार हरी अधिकारीले २३० मतका साथ पछ्याइरहेका छन् ।
तेस्रो स्थानमा रहेका राप्रपाका मेयर उम्मेदवार सागरप्रताप रानाको १९७ मत छ भने माओवादी केन्द्रका फैज अहमद खाँको १६६ मत छ ।
सिद्धार्थनगरमा अहिलेसम्म १३४२ मत गणना भइसकेको छ ।