२२६ स्थानीय तहको मतगणना शुरु
स्थानीय तहको दोस्रो चरणको निर्वाचन सम्पन्न ३३४ स्थानीय तहमध्ये २२६ स्थानीय तहको मतगणना शुरु भएको छ ।
निर्वाचन आयोगका अनुसार, हालसम्म प्रदेश नं. १ का ८०, प्रदेश नं. ५ का ८७ र प्रदेश नं. ७ का ५९ स्थानीय तहको मतगणना शुरु भएको छ ।
अव १०८ स्थानीय तहको मतगणना शुरु हुन बाँकी रहेको छ ।
उच्च पहाडी र हिमाली जिल्लाका विकट मतदानस्थलबाट मतपेटिका हेलिकप्टरबाट ल्याइएको र २२ मतदान स्थलको मतपेटिका संकलन भइरहेको निर्वाचन आयोगले जनाएको छ ।