मतगणना अपडेटः कांग्रेस ४७, एमाले ४५ र माओवादी १९ स्थानमा अगाडि
स्थानीय तह अन्तर्गत दोस्रो चरणको निर्वाचन भएको प्रदेश नम्बर १, ५ र ७ का अधिकांश स्थानीय तहमा मतगणना भइरहेको छ ।
मतगणना भइरहेका स्थानीय तहबाट प्राप्त प्रारम्भिक नजिताअनुसार हालसम्म नेपाली कांग्रेस अग्र स्थानमा रहेको छ ।
पछिल्लो अपडेट अनुसार नेपाली कांग्रेसले ४७ स्थानमा अग्रता लिएको छ । नेकपा एमालेको ४५ स्थानमा अग्रता छ भने माओवादी केन्द्रले १९ स्थानमा अग्रता लिएको छ ।
१४ असारमा भएको निर्वाचनमा ७३.६९ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।