जगदम्बा स्टिल्सलाई टीएमटी छड उत्पादनमा सफलता
शंकर गु्रपअन्तर्गतको जगदम्बा स्टिल्सले टीएमटी छड उत्पादनमा सफलता हात पारेको छ ।
जगदम्बा स्टिल्सले स्वदेशमै स्लिट रोलिङ प्रविधिमार्फत टीएमटी छड उत्पादन गर्ने कार्यमा सफलता हात पारेको हो ।
स्टेट अफ आर्ट प्रविधिको प्रयोग मार्फत स्लिट रोलिङ प्रविधिले एउटै बिलेटबाट दुई वा दुईभन्दा बढी छड उत्पादन गर्न सकिन्छ । जगदम्बा स्टिल्सले सेल, जेएसपीएल र इलेक्ट्रो स्टिललगायत एकिकृत स्टिल निर्मातामार्फत प्राइमरी ग्रेड बिलेट आयात गर्ने गर्छ ।