कांग्रेस–माओवादी र मधेशी मोर्चाबीच तीन बुँदे सहमति
प्रधानमन्त्रीमा पुष्पकमल दाहालको पक्षमा मतदान गर्नुअघि मधेशी मोर्चाले नेपाली कांग्रेस र माओवादी केन्द्रसँग तीन बुँदे सहमति गरेको छ।
आज, १९ साउन विहान बसेको त्रिपक्षीय बैठकमा दाहालको नेतृत्वमा बन्ने सरकारले पछिल्लो मधेश आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने, घाइतेको निशुल्क उपचार र पक्राउ परेका कार्यकर्ता रिहा गर्ने सहमति भएको छ ।
त्यस्तै सीमाकंलनलगायतका विषयमा चाँडै सहमति गरी संविधान संशोधन गर्ने पनि सहमतिमा उल्लेख छ ।
तेस्रो बुँदामा मधेशी मोर्चाले प्रधानमन्त्रीका उम्मेद्वार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई मतदान गर्ने सहमति भएको छ ।
नयाँ प्रधानमन्त्री चयनका लागि आज ब्यवस्थापिका संसदमा निर्वाचन हुँदैछ । निर्वाचनबाट पुष्पकमल दाहाल नेपालको नयाँ प्रधानमन्त्री हुने निश्चित भएको छ ।