मतदान गरी फर्किने क्रममा मतदाताको मृत्यु
इलामको रोङ गाउँपालिकास्थित कोल्बुङ मतदानस्थलमा मतदान गरी फर्किने क्रममा एक जना मतदाताको मृत्यु भएको छ ।
मतदान गरी फर्कंदै गर्दा बाटोमा बेहोस भएर लडेका चेतनाथ आचार्यलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बिएन्डसी अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । उनको अस्पतालमै मृत्यु भएको स्थानीयवासी गणेश अर्यालले जानकारी दिए ।
रोङ गाउँपालिका–३ निवासी आचार्य दिउँसो १२ बजे मतदान गरी घर फर्किरहेका बेला बाटोमा बेहोस भएका थिए । रासस