५० प्रतिशत भन्दा बढी मत खस्यो
स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा ५३ प्रतिशत मत खसेको छ । प्रदेश नम्बर नं. १, ५ र ७ का ३३४ स्थानीय तहमा १४ असार मध्यान्ह दिउँसो साढे एक बजेसम्म ५३ प्रतिशत मतदान भएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।
सवैभन्दा बढी उदयपुर र डँडेलधुलामा ६५ प्रतिशत मतदान भएको आयोगले जनाएको छ । यसैगरी, सोलुखुम्बु, भोजपुर, खोटाङ लगायतका १२ जिल्लामा ६० प्रतिशतभन्दा बढी मतदान भइसकेको छ ।
विहान साढे ११ बजेसम्म ३३ प्रतिशत मतदान भएको थियो ।