प्रधानमन्त्रीको सुरक्षामा खटिएको प्रहरी जिप दुर्घटना
प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा दुर्घटनामा परेको छ ।
से १ ज १५०३ नम्बरको जिप पल्टिँदा ९ जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको कैलाली जिल्ला प्रहरी प्रवक्ता वीरबहादुर बुुढा मगरले जानकारी दिए ।
प्रधानमन्त्री देउवा आफ्नो गृह जिल्ला डडेलधुरामा मतदान गरी धनगढी फर्कदै छन् । रासस