३१ बैशाखमा कति बेला कति भोट खसेको थियो ?
दोस्रो चरणको निर्वाचन भईरहेका तीन प्रदेशमा विहान साढे ११ बजेसम्म३३ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । गत ३१ बैशाखमा स्थानीय तह निर्वाचन भएका प्रदेश नम्बर ३, ४ र ६ मा विहान साढे १० बजेसम्म २५ देखि ४२ प्रतिशतसम्म मतदान भएको थियो ।
यस्तै, १२ बजेसम्ममा ३० देखि ५७ प्रतिशत मतदाताले आफ्नो मताधिकार प्रयोग गरिसकेका थिए ।
मध्यान्ह ३ बजेसम्ममा ५० देखि ७५ प्रतिशत मतदान भएको थियो ।
अघिल्लो चरणका स्थानीय तह निर्वाचनमा कुल ७३ प्रतिशत मत खसेको थियो ।
प्रदेश नम्बर २ अन्तर्गतका स्थानीय तहमा भने २ असोजमा निर्वाचन हुँदैछ ।