बाजुराको गुम्बागाउँ मतदान केन्द्रमा मतदान सम्पन्न
बाजुराको हिमाली गाउँपालिका वडा नं १ मा रहेको गुम्बागाउँ मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ ।
३० मतदाता रहेको केन्द्रमा मतदान शुरु भएको चार घण्टामा बिहान ११ बजे नै सकिएको हो ।
३० मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रमा २८ जनाले मतदान गरेका छन् । अन्य स्थानमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ ।