रुपन्देहीको कोटहीमाईमा १६ गते मतदान
रुपन्देहीको कोटहीमाई गाउँपालिका वडा नं १ मा १६ असारमा मतदान हुने भएको छ ।
नेकपा माओवादी केन्द्रबाट वडा सदस्यको मनोनयन दर्ता गराएका मुरली मल्लाहाको मृत्यु भएपछि मतदान सारिएको हो ।
उम्मेदवारको मृत्यु भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन अधिकृत होमनाथ गौतमले जानकारी दिए ।
दम रोगबाट ग्रसित मल्लाहाको उपचारका क्रममा मृत्यु भएको हो । रुपन्देहीका अन्य स्थानमा भने मतदान भइरहेको छ । रासस