रोल्पाको धवाङमा अज्ञात व्यक्तिले मतपेटिका जलाए
जनता आधारभूत विद्यालय धवाङ रोल्पामा मतदानको क्रममा अज्ञात समूहले मतपेटिका जलाएका छन् ।
रोल्पा नगरपालिका–१० मा रहेको सो मतदान केन्द्रमा एक सय ५० मत खसिसकेको थियो । मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेका छन् । उक्त मतदान केन्द्रमा हाल मतदान प्रक्रिया बन्द गरिएको छ । रासस