झापामा १०४ वर्षीय वृद्धद्वारा मतदान
झापामा १०४ वर्षीय वृद्धले मतदान गरेका छन् ।
कमल गाउँपालिका–५ स्थित मङ्गलमय माविको मतदान केन्द्रबाट १०४ वर्षीय वृद्ध रणबहादुर कार्कीले मतदान गरेका हुन् । उनी कमल गाउँपालिकाकै सबैभन्दा ज्येष्ठ मतदाता हुन् ।
कमल गाउँपालिकाको सबैभन्दा ठूलो मतदान केन्द्र रहेको वडा नं ५ मा पाँच हजार २८ मतदाता छन् ।
९६ वर्षीय वृद्धद्वारा मतदान
यसैबीच, पाल्पाको रामपुर नगरपालिकाको दरैठाँटी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट ९६ वर्षीय वृद्धद्वारा मतदान प्रक्रिया शुरु भएको छ ।
रामपुर नगरपालिका–६ निवासी लोकनाथ उपाध्याय रेग्मीले सो मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् । रासस