मधेसमा निर्वाचनः बहिष्कार क्षेत्रमा उस्तैैै उत्साह
राष्ट्रिय जनता पार्टी (राजपा)को पकड मानिएका तराईका विभिन्न स्थानीय तहमा निर्वाचनको उत्साह देखिएको छ ।
राजपाले निर्वाचन बहिष्कार गरपनि राजपाकै पकड मानिएका क्षेत्रमा मतदाताहरु उत्साहका साथ निर्वाचनमा सहभागी भएका छन् ।
रुपन्देहीको मर्चवार क्षेत्रमा बिहानैदेखि मतदाताहरुको लामो लाइन देखिन्छ ।
राजपाले निर्वाचन बहिष्कार गरेको यो क्षेत्रमा राजपाकै नेता/कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा आएका छन् ।
मतदानको लागी मधेसी समुदायको उल्लेख्य उपस्थिति देखिएको छ ।
मधेसी समुदायको बाहुल्यता रहेको रुपन्देहीको मर्चवार क्षेत्रमा शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको छ ।
दीपक ज्ञवाली, बुटवल