पहिरोमा परी १ को मृत्यु, ३ बेपत्ता
दोलखाको भीमेश्वर नगरपालिका वडा न ९ कुतकुतेमा गएराती गएको पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ भने ३ जना वेपत्ता भएका छन् ।
पहिरोमा पुरिएर ४० वर्षीया शान्ति थामीको मृत्यु भएको छ । पहिरोले कुतकुतेका २ घर बगाउँदा ७९ वर्षकी लाटी थामी, १२ वर्षीया रोशनी थामी र १० वर्षीया सन्तोषी थामी वेपत्ता भएका छन् ।
पहिरोमा पुरिएकाहरुको उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ ।
पहिरोका कारण कुतकुतेका १८ घर उच्च जोखिममा परेका छन् ।
सर्मिला बुढाथोकी, दोलखा