आईपिएललाई भिभोको साथ
चिनियाँ मोवाईल निर्माण कम्पनी भिभोले इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रायोजना सम्झौता गरेको छ । ३४ करोड ११ लाख डलरमा पाँच सिजनका लागि प्रायोजन सम्झौता गरेको भारतीय क्रिकेट बोर्डले जनाएको छ ।
भिभो सन् २०२२ सम्म ट्वान्टी ट्वान्टी फरम्याटको भारतको घरेलु क्रिकेट लिगको मुख्य प्रायोजक रहनेछ । आफूहरूले खेल आयोजना, मैदान भित्र र बाहिर भिभोको प्रचारमा सहकार्य गर्ने पनि बोर्डले जनाएको छ ।