मतपत्रमा छाप लगाउँदै गर्दा एक वृद्धको मृत्यु
झापाको दमक–९ स्थित सरस्वती माध्यमिक विद्यालय मतदान केन्द्रमा मतपत्रमा छाप लगाउँदै गर्दा एक जना वृद्धको मृत्यु भएको छ ।
मतपत्र छाप लगाउने कोठाका पुगेका दमक ९ का ८२ वर्षीय नरेन्द्रबहादुर भण्डारीको बिहान ८ बजे निधन भएको हो ।
उनलाई केन्द्रका कर्मचारी र दलका प्रतिनिधिले छाप लगाउने कोठाबाट बेहोस अवस्थामा बाहिर निकालेका थिए । तत्कालै उनको मृत्यु भयो ।
मतदाताको मृत्यु भएपछि केहिबेर मतदान कार्य रोकी पुनः मतदान शुरु गरिएको छ ।
गोपाल गडतौला, झापा