दोस्रो चरणको निर्वाचन हुँदै
दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रदेश नं १, ५ र ७ मा भइरहेको छ ।
निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने ४१ जना निर्विरोध निर्वाचित भइसकेका छन् । यो निर्वाचनले १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछ ।
आज बिहान ७ बजे शुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । निर्वाचनका लागि आठ हजार ३६४ मतदान केन्द्र तोकिएको छ ।
निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएको निर्वाचन अयोगले जनाएको छ ।
पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ मा ३१ वैशाखामा निर्वाचन भएको थियो भने प्रदेश नं २ को निर्वाचन आगामी २ असोजमा हुनेछ ।