कन्फेडेरेसन कपः सेमिफाइनल समिकरण पुरा
रसियामा जारी कन्फेडेरेसन कपको सेमिफाइनल पोर्चुगल र चिली तथा जर्मनी र मेक्सिकोबीच हुँदैछ ।
पहिलो सेमिफाइलन समूह ‘ए’ को विजेता पोर्चुगल र समूह ‘बी’ उपविजेता चिलीबीच १४ असारमा हुँदैछ । यस्तै, १५ असारमा हुने अर्को सेमिफाइलनमा समूह ‘बी’ को विजेता जर्मनी र समूह ‘ए’ उपविजेता मेक्सिकोले प्रतिस्पर्धा गर्दैछन् ।
फिफा विश्व कप फुटबलको एक वर्ष पहिले आयोजना गरिने कन्फिडेरेसन कपमा ८ टीम सहभागी छन् । रसियाले आयोजकको रुपमा सहभागी हुने अवसर पाएको हो भने जर्मनी विश्व कप विजेता र पोर्चुगल युईएफए युरो कप विजेता भएकाले प्रतियोगितामा छनोट भएको हो ।
अष्ट्रेलियाले एसियन कप, चिलीले कोपा अमेरिका, क्यामरुनले अफरिका कप, न्यूजल्याण्डले ओएफसी नेसन्स् कप र मेक्सिकोले कोन्काकाफ कप जितेर प्रतियोगितामा भाग लिन पाएको हो ।
कन्फेडेरेसन कपको दशौं संस्करणको फाइनल १८ असारमा हुने भएको छ ।