भयरहित वातावरणमा निर्वाचन गराउन ओलीको आग्रह
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको भयरहित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चत गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेकपा एमालेले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनका लागि शान्तिपूर्ण वातावरण तयार गरेर जनताको अधिकार रक्षा गर्नुपर्ने बताएका हुन् ।
ओलीले निर्वाचन आयोगलाई मतपत्र छाप्ने र वितरण गर्ने मात्र नभएर जनताले अनुभूति गर्ने प्रकारको निष्पक्ष निर्वाचन गराउन पनि आग्रह गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, “निर्वाचनको स्वच्छतालाई दूषित गर्ने वा परिणामलाई प्रभावित गर्ने काम कसैबाट गर्नु हुँदैन ।”
१४ असारमा प्रदेश नं १, ५ र ७ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ ।