ढुक्क भएर मतदान गर्न गृहमन्त्रीको आग्रह
गृहमन्त्री जनार्दन शर्माले ढुक्क भएर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् ।
काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री शर्माले १४ असारमा हुने स्थानीय तहको निर्वाचनको आवश्यक सुरक्षा व्यवस्था मिलाएको हुनाले ढुक्क भएर मतदानमा भाग लिन आग्रह गरेका हुन् ।
गृहमन्त्री शर्माले भने– “सुरक्षामा कुनै समस्या छैन, सुरक्षित भएर मत खसाल्ने वातावण मिलाइएको छ ।”
निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको गृहमन्त्रीको भनाइ थियो ।
१४ असारमा प्रदेश नं १, ५ र ७ का ३५ जिल्लामा स्थानीय तहको निर्वाचन हुँदैछ ।