नारायणगढ–मुग्लिन सडकमा पुनः पहिरो
नारायणगढ–मुग्लिन सडक खण्डको कालीखोला नजिकै आज अपराह्न पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।
१० असार राति ९ बजे पहिरो खसेपछि अवरुद्ध सडक आज बिहान ८ बजेदेखि सञ्चालनमा आएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार ९ असार राति पहिरो खसेर चार प्रहरीसहित भ्यान र ट्रक त्रिशूली नदीमा खसेको ठाउँमा नै आज पुनः पहिरो खसेको हो ।
पहिरो खसेको ठाउँ मुग्लिनबाट २.५ किमी नारायणढतर्फको दुरीमा पर्छ । पहाड काटेर सडक फराकिलो बनाइएको सो ठाउँमा पहिरो खसेको हो । एघार घन्टादेखि अवरुद्ध सडक खुलेको केही बेरमै पुनः पहिरो खसेपछि यात्रुको बिचल्ली भएको छ । रासस