आज राति १२ बजेदेखि मौन अवधि शुरु
१४ असारमा हुने स्थानीय तह निर्वाचनका लागि १, ५ र ७ नं प्रदेशका ३५ जिल्लामा आज राति १२ बजेदेखि मौन अवधि शुरु हुँदैछ ।
मतदान हुने समयभन्दा ४८ घन्टा अघिदेखि मौन अवधि लागू हुने स्थानीय तह निर्वाचन निर्देशिकामा उल्लेख गरिएको छ ।
मौन अवधि शुरु भएपछि उम्मेदवारको पक्ष वा विपक्षमा कुनै किसिमको प्रचारप्रसार गर्न पाइँदैन् । मौन अवधिमा वेबसाइट तथा कुनै पनि सामाजिक सञ्जालबाट समेत प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।